२८ जेठ २०८३, बिहीबार

महिला यात्रुले चलाइन् विमान, भयो हंगामा (भिडियो)

कात्तिक १७, २०७६
महिला यात्रुले चलाइन् विमान, भयो हंगामा (भिडियो)

काठमाडौं – रुसमा एक महिला यात्रुले विमान चलाएको फूटेज सार्वजनिक भएपछि हंगामा मच्चिएको छ । घटनालाई रुसी अभियोजनकर्ताहरूले अनुसन्धान गरिरहेका छन् । 

भिडियोमा आन्ना नामक महिला कोपाइलटको सीटमा बसेको देखिन्छ । विमान साइबेरियामाथि उडिरहेको थियो । 

पाइलटले ती महिलालाई निर्देशन दिइरहेको आवाज सुनिन्छ । ती महिलासँग विमान उडाउने योग्यता नभएको बताइएको छ । 

उक्त विमान रुसी एयरलाइन इनएयरो भएको र याकुत्स्कबाट बातागाइ गइरहेको बताइएको छ । 

इन्एयरोका एक प्रवक्ताले भने, ‘यो हाम्रो विमानभित्र खिचिएको भिडियो भन्ने कुरामा शंका छ ।’

ती महिलाले नक्कली उडान अनुभव लिएको पनि बताइएको छ । 

उडान त अगस्ट ३१ मा भएको हो तर भिडियो चाहिँ अहिले मात्र आएको हो । 

रुसी टीभी च्यानल ५–टीभीले पाइलटको नाम किरिल एस भएको अनि ती महिला उनकी प्रेमिका भएको रिपोर्ट दिएको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्