०८ असार २०८३, सोमबार

‘इमरान खान कालो जादू गरेर सरकार चलाइरहेका छन्’

कात्तिक १७, २०७६
‘इमरान खान कालो जादू गरेर सरकार चलाइरहेका छन्’

काठमाडौं – पाकिस्तानमा यसै हप्ता विपक्षीहरूले स्वतन्त्रता जुलूस निकालेका छन् ।

पाकिस्तानको प्रमुख विपक्षी दल तथा धार्मिक संगठन जमीयत–उल–इस्लाम एफ (जेयूआईए–एफ) ले आयोजना गरेको स्वतन्त्रता जुलूस इस्लामाबाद पुगिसकेको छ । 

अक्टोबर २७ मा कराचीबाट शुरू भएको स्वतन्त्रता जुलूसको आह्वान जेयूआईएफले गरेको भए पनि सबै विपक्षी दलले त्यसको समर्थन गरेका छन् । 

उनीहरूले प्रधानमन्त्री इमरान खानलाई राजीनामा दिन भनेका छन् र देशमा नयाँ आमनिर्वाचन हुनुपर्ने माग राखेका छन् । सरकारले उनीहरूको माग खारेज गरेको छ ।

मौलाना फजलुर्रहमानले समर्थकहरूलाई सम्बोधन गर्दै इमरान खानले दुई दिनभित्र राजीनामा नदिएमा जनसमुद्रले इमरानलाई घरैमा पक्राउ गर्ने शक्ति राख्ने बताए । 

उनले इमरानमाथि आक्रमण गर्दै भने, ‘जनताको निर्णय आइसकेको छ । पाकिस्तानी गोर्भाचोभले आफ्नो असफलता स्वीकार गरेर कुर्सी छोडून् । मिडियामाथि प्रतिबन्ध हटाइएन भने हामीहरू सबै किसिमका प्रतिबन्ध तोडिदिन्छौं ।’

मुस्लिम लीग (नवाज) का प्रमुख शहबाज शरीफले भने, ‘इमरान खान कालो जादूमार्फत सरकार चलाइरहेका छन् । उनी जादू गरेर परिवर्तन लयाउन चाहन्छन् । उनी घमण्डी मानिस हुन् र उनको दिमाग खाली छ ।’

अर्को विपक्षी दल पाकिस्तान पिपुल्स पार्टीका प्रमुख बिलावल भुट्टोले पाकिस्तानी सेनाले सत्तामा पुर्‍याएका इमरान खानले जनतालाई खुशी बनाउन नसक्ने बताए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्