
काठमाडौं – पोल्यान्डको फाबियान्कीमा साइकल चलाइरहेका एक व्यक्तिले अगाडिको चक्काबाट बीयरको बोतल खोल्न खोजेका छन् ।
घटनाको फूटेजमा उनले बीयरको बिर्को अगाडिको चक्काको डण्डीमा राखेर खोल्ने हुँदा साइकल रोकिएको र उनी पछारिएको देखिन्छ ।
पछारिँदा उनको टाउको र अनुहारमा चोटपटक लागेको छ ।

माउन्टेन बाइक चलाउनेहरूले चक्काबाट बीयरको बोतल खोल्ने चलन आजकल बढेको छ ।
सफल बाइकरहरूले हावामा उडेर बीयर बोतलको बिर्को खोलेका पनि छन् ।
एजेन्सी