१३ असार २०८३, शनिबार

फेसबूक मेसेन्जरबाट गोप्य अडियो र भिडियो कल गर्न पाइने

कात्तिक १७, २०७६
फेसबूक मेसेन्जरबाट गोप्य अडियो र भिडियो कल गर्न पाइने

काठमाडौं – फेसबूकले छिट्टै अडियो र भिडियो कलका लागि सिक्रेट कन्भर्सेसन्स फीचर ल्याउन लागेको छ । 

मेसेन्जरमा एन्क्रिप्टेड कलहरूको परीक्षण गरिरहेको प्रमाण पाइएको एक याप अनुसन्धानकर्ताले पत्ता लगाए । 

तर केही व्यक्तिहरूले चाहिँ फेसबूकले प्रयोगकर्ताहरूको संवाद सुन्ने नरोक्ने भन्दै नयाँ फीचर उपयोग गर्न अस्वीकार गर्ने बताएका छन् । 

फेसबूकले सन् २०१६ मा पहिलोपटक सिक्रेट कन्भर्सेसन्स ल्याएको थियो । त्यसमा प्रत्येक मेसेज थ्रेडका लागि टाइमिङ अप्सन पनि दिइएको छ । त्यसमा प्रयोगकर्ताहरूले स्न्यापच्याटमा जस्तै मेसेजहरू आफैं डिलिट हुने व्यवस्था छ ।

तर अहिले आएर फेसबूकले प्रयोगकर्ताहरूलाई एन्क्रिप्टेड अडियो तथा भिडियो कलको सुविधा ल्याएको छ ।

प्रयोगकर्ताहरूले म्यानुएल रूपमा सिक्रेट कन्भर्सेसन्स अन गरेमा मात्र फेसबूकले मेसेजहरू एन्क्रिप्ट गर्ने हो । 

यो फीचरलाई जेन मानचुन वोङले पत्ता लगाएकी हुन् । उनी एक याप अनुसन्धानकर्ता हुन् र यापहरूमा लुकेका कुरा पत्ता लगाउन माहिर छिन् । 

तर यो फीचर अहिले पनि परीक्षणकै चरणमा छ । फेसबूकले यसको अस्तित्वलाई पुष्टि गर्न बाँकी नै छ र यो कहिले सार्वजनिक गर्ने हो भनी भन्न बाँकी छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्