
काठमाडौं – अमेरिकाको नियाग्रा फल्स (झरना) मा एक शताब्दीदेखि चट्टानमा अड्किएको एउटा डुंगालाई चर्को हावा र भीषण वर्षाले अलिक पर सारेको छ ।
बिहीवार आएको मुसलधारे वर्षाले डुंगालाई चट्टानको कापबाट हुत्त्याएको नियाग्रा पार्क्स कमिसनले जनाएको छ ।
विगत एक शताब्दीमा पहिलोपटक डुंगा केही दूरी पर पुगेको जनाइएको छ ।
नियाग्रा पार्क्स कमिसनले शुक्रवार सार्वजनिक गरेको एक भिडियोमा एक अधिकारी जिम हिलले डुंगा अहिले स्थिर रहेको अनि यो पल्टिएर एकातिर पुगेको बताएका छन् ।
उक्त डुंगा कसरी झरनामाथि चट्टानमा अड्किन पुग्यो भन्ने विषयमा स्थानीय किंवदन्ती बनेको छ । नजिकै रहेको बफलोबाट दुईजना मानिसलाई उक्त डुंगाबाट उद्धार गरिएको जनाइएको छ ।
सन् १९१८ मा डम्पिङ स्काउ नामक डुंगा आफ्नो टग बोटबाट छुट्टिएको थियो र त्यसमा दुईजना पुरुष थिए । स्काउ नियाग्रा नदीमा अड्किएको थियो । त्यही नदी बग्दै गएर नियाग्रा झरना बन्ने हो ।
ती दुईजना जेम्स ह्यारिस र गुस्ताभ लफबर्गलाई स्थानीय कानून कार्यान्वयन संस्थाहरूले उद्धार गरेका थिए । उनीहरूको डुंगा चाहिँ चट्टानमै अड्किबसेको थियो ।
The severe weather conditions experienced yesterday have caused the iron scow, which has remained lodged in the powerful upper rapids above the Falls for over a century, to shift significantly from its position.
— Niagara Parks (@NiagaraParks) November 1, 2019
History of the Iron Scow Rescue: https://t.co/9Pehx8dabS pic.twitter.com/AG4nfLrzXx
सीएनएनबाट