
काठमाडौं – बझाङमा निर्माणाधीन कालांगा हाइड्रोपावरको इनलेट सुरुङभित्र पसेका ४ जना कामदार सम्पर्कविहीन भएका छन् ।
बुङ्गल नगरपालिका–२ दाडिममा निर्माणाधीन हाइड्रोपावरको काम गर्नका लागि भन्दै उनीहरु ३ वटा ट्याक्टर र एक जिपसहित आइतबार सुरुङभित्र पसेका थिए ।
सम्पर्कविहीन हुनेमा कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, महेन्द्र साउँद, शेरबहादुर धामी लगायत छन् । अन्य दुईजनाको नाम नखुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुरुङभित्र पसेका दुईजना बाहिर निस्किएको बताइए पनि उनीहरु सम्पर्कमा नभएका कारण यकिन भन्न सकिने अवस्था छैन ।
सुरुङभित्र सम्पर्कविहीन भएकाको खोजीका लागि उद्धारका लागि गएका दुईजनाको बेहोसीमा प्रहरीले उद्धार गरेको छ । सुरुङको लम्बाइ १ किलोमिटर ४ सय मिटर छ । अक्सिजनको अभावका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । उद्धारका लागि बझाङ, धनगढी र दिपायलबाट प्रहरी टोली परिचालन गरिएको छ ।