काठमाडौं – युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया मातृशोकमा परेका छन् ।
सचिव थपलियाकी आमा मीरा थपलियाको ७४ वर्षको उमेरमा आइतवार साँझ निधन भएको हो ।
स्वर्गीय थपलियाका तीन छोरी र दुई छोरा छन् । थपलियाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।