२३ जेठ २०८३, शनिबार

साझा पार्टीले भन्यो– प्रदेश प्रमुख हटाउने निर्णय 'कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर'

कात्तिक १८, २०७६
साझा पार्टीले भन्यो– प्रदेश प्रमुख हटाउने निर्णय 'कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर'

काठमाडौं –सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्नु सरकारको अनुदार लोकतन्त्रको अभ्यास भएको साझा पार्टीले टिप्पणी गरेको छ । सोमवार पार्टीका प्रवक्ता  डा. सुर्यराज आचार्यले एक विज्ञप्ति जारी गर्दै सरकारको यस्तो कदम खेदजनक भएको टिप्पणी गरेका हुन् । 

विज्ञप्तीमा भनिएको छ, पाँच वर्षका लागि संवैधानिकरूपमा नियुक्त भएका प्रदेश प्रमूखहरूलाई हालको प्रमूख प्रतिपक्षि र तत्कालिन सत्तारूढ पार्टी नेपाली कांग्रेसको सरकारले नियुक्त गरेकै कारण एकै पटक पदबाट हटाउनु हेर्दा संविधानको परिधिभित्र देखिने तर अभ्यासमा अनुदार लोकतन्त्रको अर्को ज्वलन्त उदाहरण हो।

साझाले दुई-तिहाई समर्थन प्राप्त शक्तिशालि सरकारले देशलाई विकास र संवृद्धिको मार्गमा डोर्याउन गर्नु पर्ने अनगिन्ति कामहरूप्रति ध्यान नै नदिई   ‘कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भन्नेतर्फ अल्झिरहेको समेत टिप्पणी गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्