हलिउड अभिनेता ब्राड पिटले आफ्ना ६ बच्चाका खातिर आफ्नी पूर्वपत्नीसँग आफ्नो सम्बन्धलाई सुमधुर बनाउन चाहेका छन् ।
हलिउडलाइफ डट कम का अनुसार पिट यो बुझाउने कोशिश गरेका छन् कि, उनका बच्चा मेडाक्स, पेक्स, जाहरा, शिलोह र आठ वर्षीय नक्स र विवियनका लागि जोलीसँगको सम्बन्ध सबैभन्दा राम्रो हुनेछ ।

ब्राड पिट निकट सुत्रका अनुसार एन्जलिना जोलीलाई यो कुराको हेक्का छैन कि, जोलीले ब्राडको कति दिल दुखाएकी छिन् । ब्राडले योभन्दा पहिले पनि आफ्नो बच्चाको सम्बन्धका कारण जोलीसँगको सम्बन्ध राम्रो बनाउन चाहेको बताएका थिए ।