
काठमाडौं, २४ चैत – कपनको एक म.म. पसलमा ग्यास सिलिण्डर विष्फोट भएको छ । कपन मिलन चोक नजिकै रहेको म.म. पसलमा ग्यास सिलिण्डर विष्फोट भएको हो ।
प्रहरी सहायक निरिक्षक शर्मीला घलेका अनुसा ग्यास सिलिण्डको विष्फोटबाट मानविय क्षति भएको छैन । अरु क्षतिको विवरण चाहिँ अझै प्राप्त नभएको उनले बताइन् ।