०३ असार २०८३, बुधबार

नयाँ पेट्रोलपम्प सञ्चालनका लागि प्राप्त आवेदनको मूल्याङ्कन शुरू

कात्तिक २४, २०७६
नयाँ पेट्रोलपम्प सञ्चालनका लागि प्राप्त आवेदनको मूल्याङ्कन शुरू

काठमाडौं –नेपाल आयल निगमले नयाँ पेट्रोलपम्प सञ्चालनका लागि प्राप्त आवेदनको मूल्याङ्कन शुरू गरेको छ ।

क्षेत्रीय कार्यालयहरूमा प्राप्त सिलबन्दी आवेदन मापदण्डअनुसार भए नभएको जाँच थालिएको निगमले जनाएको छ ।

आवेदनमाथिको पहिलो चरणको काम यसै साता सकिने निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। निगलमे गत वैशाखमा सातै प्रदेशमा नयाँ पम्प सञ्चालनका लागि आवेदन खुला गरेको थियो । जसमा एक हजार २५ आवेदन परेको निगमले जनाएको छ । प्रमुख सहरहरूभन्दा पनि विकासोन्मुख सहरहरूमा पम्प सञ्चालनका लागि आवेदन परेको निगमले जनाएको छ ।

प्रवक्ता गोइतका अनुसार सबैभन्दा धेरै प्रदेश २ मा ३४३ वटा आवेदन परेका छन् । सबैभन्दा थोरै कर्णाली प्रदेशमा २२ वटा मात्र परेका छन् ।

त्यस्तै प्रदेश १ मा १८९, प्रदेश ३ मा १३१, गण्डकी प्रदेशमा २७, प्रदेश ५ मा दुई सय र सुदुरपश्चिम प्रदेशमा ५६ वटा आवेदन परेका छन् । जिल्लाहरूमा सहरीकरणका साथै सडक विस्तार तीव्र भएको तर पम्पहरूको असुविधा रहेकाले नयाँ पम्प सञ्चालनका लागि आवेदन खुलाएको थियो ।

हुलाकी सडकहरूका लागि पम्प सञ्चालन गर्न प्राथमिकता दिइने गोइतको भनाइ छ । उहाँले भन्नुभयो, खुला बजार अर्थतन्त्रको नीतिअनुसार मापदण्ड पुगेका सबै निवेदकले इजाजत पाउँछन् ।

निगमले नयाँ पेट्रोलपम्प दर्ताको लागि बिक्रेता विनियमावली संशोधन गरेको थियो । हाल चलिरहेको पम्पहरूको केही सुधार गर्ने र दुई वर्षअघि आवेदन खुलाएको नमुना पेट्रोलपम्पको प्रावधान यथावत् राखी नयाँ पम्पका लागि नयाँ विनियमावली ल्याएर आवेदन खुलाइएको हो ।  गोरखापत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्