०९ साउन २०८३, शनिबार

माइतीघर मण्डलाबाट विप्लवका ९ जना कार्यकर्ता पक्राउ

कात्तिक २४, २०७६
माइतीघर मण्डलाबाट विप्लवका ९ जना कार्यकर्ता पक्राउ

काठमाडौं– प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) निकट ९ जना युवा र विद्यार्थीलाई काठमाडौंको माइतीघरबाट नियन्त्रणमा लिएको छ ।

नेपाली भूमि कालापानीलाई आफ्नो नक्सामा पार्नेगरी नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा विप्लव निकट विद्यार्थी संगठनले राजधानीमा प्रदर्शनबाट ९ जना पक्राउ परेका हुन । 

९ जनालाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ पर्नेको नाम खुलाइएको छैन । प्रदर्शनमा सहभागि हुन आएका विद्यार्थीलाई प्रहरीले परिचय पत्र हेर्दै पक्राउ गरेको हो ।

विप्लव निकट विद्यार्थी संगठनले आइतवार माइतीघर मण्डला भारतीय हस्तक्षेपको विरुद्धमा प्रदर्शन गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्