२० असार २०८३, शनिबार

डा केसीको समर्थनमा सरकारी सवारी साधन ठप्प

कात्तिक २४, २०७६
डा केसीको समर्थनमा सरकारी सवारी साधन ठप्प

अमरगढी – चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रहमा रहनुभएका प्राध्यापक डा गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आज सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको  छ ।

बिहानैदेखि सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष लोकराज भट्टले जानकारी दिए। बिहान ८ देखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल सञ्चालनमा रोक लगाइएको उनको भनाइ थियो । 

यस्तै उक्त सङ्घको नेतृत्वमा आइतवार दिउँसोदेखि अपरान्हसम्म  सदरमुकाम बागबजार क्षेत्रका पसल बन्द गर्ने निर्णय पनि गरिएको छ ।    डडेल्धुरा अस्पतालमा सत्याग्रहमा रहेका डा केसीको समर्थनमा जिल्लामा दैनिक विभिन्न कार्यक्रम हुँदै आएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्