काठमाडौँ, २५ चैत- माओवादी केन्द्रको बिहीबार बसेको हेडक्वार्टर बैठकमा प्रधानमन्त्री प्रचण्डले वरीयता क्रम मिलिसकेको र उपप्रधानमन्त्री कमल थापालाई नै दोस्रो वरीयतामा राखिएको बताएका छन्, नयाँ पत्रिकामा खबर छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग थापालाई सरकारमा सहभागी गराउने वेला नै दोस्रो वरीयता दिने सहमति गरिएको र सोहीअनुसार गठबन्धन विस्तार भएको प्रचण्डले पार्टीमा जानकारी गराएका छन् ।
‘देउवाजीसँगको सहमतिमा कमल थापालाई दोस्रो वरीयता दिने गरी सरकारमा ल्याइएकाले प्रधानमन्त्रीले थापालाई नै दोस्रो वरीयता दिनुभएको भन्ने स्पष्ट भयो,’ बैठकमा सहभागी नेता हरिबोल गजुरेलले भने ।