
काठमाडौँ - अष्ट्रेलियाको जंगलमा आगलागी भएका कारण कम्तीमा ३ जनाको मृत्यु भएको छ भने अन्य ४ जना हराइरहेका छन् ।
शनिवार आगो लागेका कारण अष्ट्रेलियामा संकटकाल घोषणा गरिएको थियो । संकटकालको दोस्रो दिन अष्ट्रेलियाका अधिकारीहरूले मृतकको संख्या बढ्ने अनुमान गरेका छन् ।
प्रधानमन्त्री स्कट मरिसनले अहिले अष्ट्रेलियामा करीब १ सय ठाउँमा आगलागी भइरहेको बताए । आगलागीसँग जुध्न अष्ट्रेलियाले सेना र १३ सय अग्नी नियन्त्रकलाई परिचालन गरिरहेको छ ।
क्विन्सल्याण्ड र न्यू साउथवेल्सका प्रभावित क्षेत्रहरूमा सयौं नागरिक पनि सहयोगका लागि जुटिरहेका छन् । प्रधानमन्त्री मोरिसनले मृतक र बेपत्ताका परिवारप्रति दुख प्रकट गरेका छन् ।
एजेन्सी