२५ जेठ २०८३, सोमबार

नेकपा सचिवालय सोमवार, एकता प्रक्रियामा बाँकी रहेका काम टुंगो लगाउने विषयमा छलफल हुने

कात्तिक २४, २०७६
नेकपा सचिवालय सोमवार, एकता प्रक्रियामा बाँकी रहेका काम टुंगो लगाउने विषयमा छलफल हुने
फाइल फोटो

काठमाडौँ –सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सोमवार सचिवालय बैठक बस्ने तय गरेको छ ।

पार्टी एकताका बाँकी कामहरू पूरा गर्न सचिवालय बैठक बस्न लागेको हो बालुवाटारनिकट स्रोतको दाबी छ ।

आइतवार सचिवालय बैठक बस्ने सन्दर्भमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो ।

पार्टी एकता भएको १७ महिना पूरा भएपनि अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्को नेतृत्व टुंगो लाग्न सकेको छैन । सोमवार बस्ने बैठकले पार्टी एकताका कामहरू पूरा गर्ने अपेक्षा गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्