०३ साउन २०८३, आइतबार

पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रदेश सरकार प्रतिवद्ध : मन्त्री जम्कट्टेल

कात्तिक २६, २०७६
पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रदेश सरकार प्रतिवद्ध : मन्त्री जम्कट्टेल

बनेपा – प्रदेश ३ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले सञ्चारसँग सम्बन्धित काम संस्थागत ढंगले गर्ने गरी व्यवस्था मिलाएको बताएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गत सञ्चार रजिस्ट्रारको कार्यालय हेटौंडाले ५ जिल्लाका पत्रकारका लागि काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको ‘पत्रकारितामा नवीनतम प्रयोग प्रवद्र्धनका लागि मल्टिमिडिया तथा मोबाइल जर्नालिज्म तालिम’को मंगलवार उद्घाटन गर्दै उनले पत्रकारको क्षमता अभिवृद्धि र हकअधिकारको प्रवद्र्धनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

मन्त्री जम्कट्टेलले पत्रकारिता क्षेत्रको विकास र उन्नयनका लागि नेपाल पत्रकार महासंघ, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) र पत्रकार महिला समूह लगायतसँग मिलेर काम गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गर्दै मुलुकको विकास र समृद्धका लागि पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

राष्ट्र, जनता र समाजको अहित हुने गरी काम नगर्न पनि उनले आग्रह गरे । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, नेपाल पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ट र उपाध्यक्ष यदुनाथ गौतम लगायतले पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सरकारले काम गर्नुपर्ने आवश्यकता औल्याए ।

तालिममा काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीका २० पत्रकार सहभागी छन् । आगामी कात्तिक ३० गते तालिम सम्पन्न हुने आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्