१४ असार २०८३, आइतबार

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

कात्तिक २६, २०७६
एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

काठमाडौं – एनसेल प्राइभेट लिमिटेडले हाल सञ्चालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ सेल्स् (पिओएस)/खुद्रा बिक्रेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । खुद्रा विक्रेताहरूले एक कार्यक्रम माझ सोमबार सुन, ल्यापटप, माउन्टेन बाइक र वासिङ्ग मसिन पाएका छन् । 

रिजन डेरी (बसपार्क), ओम साई राम कम्युनिकेसन (मनमैजु), सार्प सोलुसन (कलंकी), टिआरएल इलेक्ट्रोनिक सप (नयाँबजार), एम.के स्टोर (सतुंगल), डिआर भिजन सेन्टर (ठमेल, पिपलबोट) र श्री पशुपति इन्टरप्राइजेज् (नयाँबजार) गरी सात खुद्रा बिक्रेताहरूले यस योजना अन्तर्गत २४ क्यारेटको १—१ तोला सुन पुरस्कार पाएका छन् ।

यी पिओएस/खुद्रा बिक्रेताले यो योजनाको ‘गोल्ड’ समूह अन्तर्गत सुन पुरस्कार जित्न सफल भएका हुन् । 

सिल्भर समूह अन्तर्गत चार खुद्रा बिक्रेताहरू राना स्टोर (मिलन टोल), एन.बि.टी मोबाइल मर्मत सेन्टर (जोरपाटी), राज इन्टरनेशनल ट्रेडर्स (सामाखुसी) र बिकी इलेक्ट्रोनिक्स् (इमाडोल) ले माउन्टेन बाइक साइकल जित्न सफल भएका छन् । त्यस्तै न्यू कन्काई स्टोर (नयाँ बानेश्वर) र सरस्वती खाद्य स्टोर (भैंसेपाटी) ले १—१ थान ल्याप जित्न सफल भएका छन् ।

यसै समूहअन्तर्गत दामोदर फ्रेम पसल (बालाजु) ले वासिङ्ग मसिन जितेका छन् । 

यस योजना अन्तर्गत यी १४ खुद्रा बिक्रेताहरूलाई एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्ग, प्रख्यात क्रिकेट खेलाडी सन्दिप लामिछाने, कलाकार प्रियंका कार्की र गायक शिव परियारले संयुक्तरूपमा सोमबार पुरस्कार हस्तान्तरण गरेका थिए ।

एनसेलले आफ्नो यस योजना अन्तर्गत पुरस्कार जित्न योग्य देशभरीका खुद्रा बिक्रेताहरूलाई पुरस्कार हस्तान्तरण गर्नेछ । 

एनसेलको यस योजनाले खुद्रा बिक्रेताहरूलाई उत्साह प्रदान गरेको र आफूहरू एनसेलसँग आवद्घ हुन पाएकोमा निकै खुसी रहेको पुरस्कार पाएका खुद्रा बिक्रेताहरूले बताए । 

एनसेलले आफ्ना देशभरी रहेका खुद्रा बिक्रेताहरूलाई लक्षित गरी ‘एनसेल सुपर सेलर’ योजना गत २०७५ चैत्र १ देखि लागु भएको थियो र यो योजना पुष २०७६ सम्म सञ्चालनमा रहनेछ ।

यस योजनामा सामेल हुनका लागि खुद्रा बिक्रेताले एनसेलको रिचार्ज कार्ड, सिम कार्ड वा भिएफटी (भर्चुअल फण्ड ट्रान्सफर) खरिद तथा बिक्रीको कारोबार गरी आफ्नो प्रत्येक कारोबारका आधारमा अंक जम्मा गर्दै गई निश्चित अंक संकलन गर्नु पर्दछ । 

यस योजना अन्तर्गत खुद्रा बिक्रेताहरूले प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज गरी चार प्रकारका समूहमध्ये कुनै एक समूहमा आफुलाई सहभागी गराई  आकर्षक बम्पर उपहार जस्तै कार, युरोप टुर प्याकेज र आइफोन जित्न सक्नेछन् । 

बम्पर उपहार बाहेक खुद्रा बिक्रेताहरूले निश्चित अंक संकलन गरेपछि बाईक, स्कुटर, ५५ ईन्चको स्मार्ट टीभी, एअर कन्डिसनर, आईप्याड, ईलेक्ट्रिक ट्रेडमिल, वासिङ्ग मशिन र ल्यापटप लगायतका विभिन्न उपहारहरू जित्न सक्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्