३० असार २०८३, मंगलबार

मतपेटिका केरुङ आइपुग्यो, भन्सार छुटमा विवाद हुँदा नाकामा अड्कियो

कात्तिक २०, २०७४
मतपेटिका केरुङ आइपुग्यो, भन्सार छुटमा विवाद हुँदा नाकामा अड्कियो
काठमाडौं, २५ चैत– वैशाख ३१ का लागि तय भएको स्थानीय निकाय निर्वाचनका लागि चीनबाट खरिद गरिएका मतपेटिका केरुङ आइपुगेका छन् ।
नेपाल–चीनबीच सञ्चालनमा रहेको एक मात्र नाका हुँदै आवश्यक मतपेटिका नेपाल भित्रन लागेका हुन् । सुवागढी नाका हुँदै आउन लागेको मत पेटिका रसुवागढीमा भन्सार प्रक्रिया मिलाउन दुई सातादेखि केरुङमै थन्किएको छ ।

मतपेटिका सप्लायर्स कम्पनी र रसुवागढी भन्सारबीच भन्सार छुटलगायतका विषमा मतभेद रहेका कारण मतपेटिका नेपाल भित्रन नसकेको हो । यस सम्बन्धमा वाणिज्य मन्त्रालयका टोलीसँग कुराकानी भइरहेको छ ।

मतपेटिका सप्लायर्स कम्पनीले एक प्रतिशत मात्र भन्सार तिर्ने दाबी गरिरहेको र रसुवागढी भन्सारले नियमअनुसार अन्य सामानसरह भन्सार तिर्नुपर्ने अडान लिएको छ । सप्लायर्सले बैशाख पहिलो साता निर्वाचन आयागलाई मतपेटिका बुझाइसक्नुपर्ने छ ।

केरुङ ल्याइएका मतपेटिका १० करोड रुपैयाँबराबरका छन् । एउटा मतपेटिकाको मूल्य तीन हजार तीन सय रुपैयाँ पर्ने आयोगले जनाएको छ ।

स्थानीय निकाय निर्वाचनका लागि ८२ हजार थान मतपेटिका आवश्यक भएको र ६० हजार भने पुरानै मतपेटिका रहेको निर्वाचन आयोगका प्रवक्त सूर्यप्रसाद शर्माले जानकारी दिए ।

निर्वाचन आयोगले नेपाली सप्लायर्स मार्फत खरिद गरेको मतपेटिका दर्जनौं ट्रकमा चीनको ग्वाङझाउओबाट सिगात्से हुँदै चीनको केरुङ आइपुगेको हो ।

salt training

कमेन्ट गर्नुहोस्