२१ असार २०८३, आइतबार

महिला प्रहरीले बच्चा बोकेको यो तस्वीर, जसले ततायो सामाजिक सञ्जाल

कात्तिक २७, २०७६
महिला प्रहरीले बच्चा बोकेको यो तस्वीर, जसले ततायो सामाजिक सञ्जाल

काठमाडौं –सामाजिक सञ्जालमा असमका दुई महिला प्रहरीको तस्वीर अहिले भाइरल भइरहेको छ । यस तस्वीरमा मात्तृत्वको अर्को परिभाषा देखाइएको छ ।

यो तस्वीरमा प्रहरीको पहिरनमा दुई महिलाले आमाको भूमिका निभाइरहेका छन् । 

यो नवजात शिशुको आमा अहिले परिक्षा दिँदैछिन् । जसका कारण पहिक्षा हलको बाहिर महिला प्रहरीले उनको बच्चालाई साथमा राखेका हुन् । जुन तस्वीरमा अहिले सामाजिक सञ्जाल तातिएको छ ।

अधिकांश मानिसले ती महिला प्रहरीलाई वाहवाही दिइरहेका छन् । 

यो तस्वीरले मानवता अहिले पनि जिउँदो रहेको प्रमाणीत गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बताइरहेका छन् । 

बच्चाको आमा शिक्षकको इजाजत पाउनका लागि दिइने परिक्षामा सहभागी थिइन् । सोही समयमा उनको बच्चा परिक्षा केन्द्रमा खटिएका महिला प्रहरीले आफूसँग राखेका हुन् । एजेन्सी

 

salt training

कमेन्ट गर्नुहोस्