२२ जेठ २०८३, शुक्रबार

दुईवर्ष वितिसक्दा समेत खुलेन तातोपानी नाका, स्थानीय निरास

कात्तिक २०, २०७४
 दुईवर्ष वितिसक्दा समेत खुलेन तातोपानी नाका, स्थानीय निरास
सिन्धुपाल्चोक २५ चैत्र - पटक पट्क सरकार फेरीए, विभिन्न राजनितिक दल का नेता तातोपानि पुगे । कोहिले एक महिनामा खुल्छ भने कोईले सातै दिनमा खुल्छ । संसद को विकास समितिको टोलिले समेत नाका एक हप्तामै खुल्न पुवाधारहरु भैसकेको निष्र्कश निकालेर आयो ।

‘आश्वासन मात्र बाढिए तर कहिले तातोपानी नाका खुलाउने पहल कसैले गरेनन्’ तातोपानी चौकिडाडाँ कि ३५ वषिय सानुमायाँ तामाङ्ले गुनासो पोखिन । तातोपानी नाका नखुल्दा अरनिको राजमार्ग आसपासमा आर्थिक चहलपहल र व्यापार व्यबसाय सुक्दै गएको छ ।

‘अव त हाम्रो आसा मरिसक्यो कहिले वाढिले त कहिले पहिरोले सधै पिरोलेको हुन्छ, कमाई गर्न जमिन छैन नाकाकै भरमा जीवन गुजारेका थियौ’ स्थानिय सेते शेपाले लोकान्तरसँग दुखेसो पोखे ।

तातोपानी नाकाकै भरमा हजारौ परिवार को गुजारा चलेको थियो । लाखैको रोजारी नाकाले थेगेको थियो । नाका सुचारु भएका वेला दैनिक दुई करोड वरावरको राजश्व समेत उठेने यो नाका भुकम्प पछि सुनसान छ । ‘धेरै छलफलहरु भयो सवै निकायहरु नाका खुलाउन पहल कदमि गरे तर गाँठो कता अड्क्यो वुझन् सकिएन’ तातोपानि नाका का प्रमुख भन्सार अधिकृत दिव्य नारायण पोखरेलले भने ।


पटक पटक चर्चामा आउने गरेको नाका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणपछि फेरि चर्चामा छ । चिन जानुअघि तातोपानीका व्यापारीहरुसंग प्रचण्डले तातोपानि नाका खोल्न पहल गर्ने आश्वासन दिए ।
चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा प्रचण्डले तातोपानी नाका खुलाउन अनुरोध गरेको र चीनले सकारात्मक प्रतिक्रिया दिएको स्वदेश फर्किने क्रममा बताएका थिए ।

तातोपानी नाका खोल्ने विषयलाई भ्रमणको मुख्य एजेण्डा वनाउने प्रचण्डको आस्वासनपछि खुसि वनेका व्यापारीहरु अहिले फेरी निरास वनेका छन् ।

चिन भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फर्केको दुइसाता बितेपनि नाका खुलाउने बिषयमा ठोस प्रगती नभएकोले व्यापारीहरु निरास भएको व्यबसायी अर्जुन सापकोटाले बताए ।

भुकम्प अघि वाह्रै महिना चल्ने यो नाका अहिले सुनसान हुनु र चलाउने तर्फ कसैले चासो नदेखाउनुलाई यहाँका व्यापारीहरु षडयन्त्र देख्छन । चीनले नेपाल तर्फको कारण देखाउदै आफ्ना नागरिकलाई अन्तै सारेपछि अहिले चिनिया भूभाग समेत सुनसान छ ।

भूकम्पका कारण भत्केका सडकहरु निमार्ण भैसकेको र भोटेकोसीले कटान गरेको ठाउँहरु मा समेत सडक मर्मत भैईसक्दा समेत नाका खोल्नेतर्फ सरकार नहुदा आशा मरेको स्थानीयको गुनासो छ ।

तातोपानीको विकल्पमा चीनले रसुवाको केरुङ नाका प्रयोग गर्न आग्रह गरेको छ । भौगोलीक हिसावले काठमाडौंदेखि रसुवा को केरुङ् नाका भन्दा तातोपानी नाका नजिक र सहज हुने जानकारहरु वताउछन् ।
काठमाडौ वाट नजिक दुरी रहेको तातोपानी नाका सवै पुवार्धार हरु हुदा समेत राज्य स्थर वाट नै खासै चासो नजानु ले यो नाका सञ्चालन हुनेमा स्थानीयले आशा मारिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्