काठमाडौं– नेपालको लागि टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस बाइक राइडरहरूलाई लक्षित गरेर अघि सारेको नयाँ योजना टीभीएस अपाचे रेस ट्र्याक एक्सपेरियन्सको प्रारम्भिक चरणको छनोट प्रतियोगिता आज सम्पन हुने भएको छ ।
यस छनोट चरण पार गर्न सफल भएका २५ जना टीभीएस अपाचे राइडरहरूले भारतको चेन्नइमा रहेको मद्रास मोटर रेस ट्र्याकमा अपाचे बाइक दौडाउनुको अनुभव संगाल्न पाउनेछन् ।
टीभीएसले गत वर्ष पनि यस्तै रेस ट्र्याक योजना सञ्चालन गरिसकेको र त्यसबाट प्राप्त प्रतिक्रियाबाट उत्साहित भएर यो वर्ष पनि त्यस्तै योजना सञ्चालन गरेको जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष दीपक अग्रवालले बताए ।
उनले भने, ‘हामी हाम्रो टीभीएस राइडरहरूलाई बाइकको नयाँ डिजाइनसँगै नयाँ–नयाँ रोमाञ्चक अनुभूति प्रदान गर्न पनि दत्तचित्त हुने गर्दछौं र त्यसैको एक उदाहरण यो मद्रास रेस ट्र्याक पनि हो । रेस ट्र्याकमा बाइक कुदाउने र त्यसबाट अन्तर्राष्ट्रिय अनुभव संगाल्ने नेपाली बाइक राइडरहरूको सपना रहने गरेको छ र हामी त्यही सपना पूरा गराउने कोशिस गरिरहेका छौं ।'
अत्याधिक माइलेजका साथ अत्यन्त सुरक्षित प्रविधिले सुसज्जित अपाचे टीभीएस अपाचे आरआर ३१० र २०० ४ भी दुवै रेसका लागि सर्वोत्कृष्ट साबित भैसकेका छन् । नेपालमा पनि यो बाइकले धेरै बाइकप्रेमीहरूमाझ आफ्नो उत्कृष्टता प्रस्तुत गरिसकेको छ ।
टीभीएस अपाचेका राइडरहरूलाई रेस ट्र्याकमा सम्मिलित गराउने लक्ष्यका साथ टीभीएस अपाचे रेस ट्र्याक एक्सपेरियन्स योजना मिति असारदेखि कात्तिकसम्म सञ्चालन गरिएको यस योजनाअन्तर्गत सहभागी हुन चाहनेले टीभीएस अपाचे आरआर ३१० र २०० को टेस्ट राइड प्रक्रियामा सामेल हुनुपर्ने शर्त राखिएको थियो जसमा टेस्ट राइड गर्नेहरूको संख्या अत्याधिक रहेका थिए ।
सहभागीमध्ये यस छनोट चरणका लागि गोला प्रथाद्वारा ५० जनाको नाम चयन गरिएको छ । छनोट चरणबाट प्रारम्भमा ३० जनाको नाम चयन गरी अन्तिम चरणको अन्तर्वार्ताबाट अन्तिम सहभागीहरू २५ जनाको नाम घोषणा गरिने छ ।
छनोट चरणमा सहभागी हुने बाइक राइडरहरूको चयन उनीहरूको बाइक हाँक्ने खुबी, शारीरिक सक्षमता, अनुशासन आदिका आधारमा गरिने जगदम्बा मोटर्सले जनाएको छ ।