२१ जेठ २०८३, बिहीबार

मर्यादाको विवाद गर्ने नेतालाई पूर्व राजाको जवाफ !

कात्तिक २०, २०७४
मर्यादाको विवाद गर्ने नेतालाई पूर्व राजाको जवाफ !
काठमाडौं, २५ चैत - अहिले नेपाली राजनीति चुनावमा केन्द्रीत भएपछि मन्त्री मण्डलमा रहेका दुई उपप्रधानमन्त्री मध्ये कुन चाहिँ बरिष्ठ भन्ने विवाद चरम उत्कर्षमा पुगेको छ । सोही कारणले निर्वाचनको मुखमा पनि तीन साता सम्म मन्त्रिपरिषद्को बैठक बस्न सकेको छैन । उपप्रधानमन्त्रीहरु विमलेन्द्र निधि र कमल थापाको बरियताको विवाद अहिले सतहमा आएको छ ।
धेरैलाई स्मरण होला नेपालमा राजतन्त्र हुँदा सम्म राजा रानीलाई नेपालीले कति धेरै सम्मान गर्थे वा गर्नुपर्ने बाध्यता थियो । अन्तिम शाह वंशिय राजा ज्ञानेन्द्र शाहले पनि राजा रानीलाई प्रदान गरिने सम्मान पाए । तर पस्थितीले उनलाई गद्दिबाट सामान्य नागरिक सरह हुनेगरि हुर्याइदियो ।

अहिले पनि राजाका क्रेजीहरू छन् । तर राजगद्दिबाट हटेपछि राजाले आफ्नो स्तर पनि सम्झेका रैछन् । अर्थात गणतन्त्र स्थापना भएसँगै नेपालको संबिधानले कल्पना गरेअनुसार राष्ट्र प्रमुखको रुपमा राष्ट्रपतिको व्यवस्था गरिएको छ ।

उनले आफ्नो पुरानो सान विर्सिएर राष्ट्रपतिलाई सम्मान गरेको फोटो सार्वजनिक भएको छ ।
ज्ञानेन्द्र र कोमल छेउँका दूई वटा सोफामा बसेर राष्ट्रपति भण्डारीलाई बीचको सोमा राखेका छन् । नाति हृदयेन्द्रको ब्रतबन्ध भोजमा सरिक हुन विहीवार होटल सोल्टीमा पुगेकी राष्ट्रपतिलाई उनीहरुले यस्तो सम्मान गरेका हुन् । सामाजिक संजालमा नेताहरुलाई  पूर्व राजाले ले सांकेतिक जवाफ दिएको भनेर ब्याख्या गर्न थालिएको छ ।

राष्ट्रपति ठाँटका साथ सोफामा बसेकी छन् भने पूर्व राजा र रानीले चाहिँ निकै हँसिलो मुहारमा उनलाई सम्मान गरेका छन् ।

- तस्वीर सिमा आभासको फेसबुकबाट

salt training

कमेन्ट गर्नुहोस्