
काठमाडौं, २५ चैत — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई आफ्नो फ्लोरिडास्थित मार–ए–लेगो रिजोर्टमा पहिलो शिखर बैठक गरेका छन् ।

ट्रम्पले सीसँग डिनर खान बस्दा दुईजनाबीच मित्रता बनेको बताए ।
उत्तर कोरियामाथि कारवाही चलाउन ट्रम्पले सीलाई दबाब दिने अपेक्षा छ भने सीले ताइवानको विषयमा अमेरिकाका तर्फबाट भरोसा लिन खोज्दैछन् ।
ट्रम्पले बैठक एकदमै गाह्रो हुने बताएका छन् । अघिल्लो वर्ष उनले चीनलाई अमेरिकाको बलात्कार गरेको आरोप लगाएका थिए ।
चुनावी अभियानका बेलामा उनले विशाल व्यापार घाटा र रोजगारी गुमाइएको कुरालाई अब सहन नसकिने बताएका थिए ।
तर बिहीवार बेलुका दुई नेताहरू मुस्कुराए अनि दुईजनाका श्रीमती पनि सँगै थिए ।
सीको भ्रमण शुक्रवार लन्च खाएर टुंगिनेछ ।
उनीहरूका बीच गल्फ खेल चाहिँ हुने छैन ।
बीबीसीबाट