२५ जेठ २०८३, सोमबार

दुई वर्ष बढ्ने भयो कर्मचारीको उमेर हद, अब ६० वर्षपछि मात्र अनिवार्य अवकाश

कात्तिक २८, २०७६
दुई वर्ष बढ्ने भयो कर्मचारीको उमेर हद, अब ६० वर्षपछि मात्र अनिवार्य अवकाश

काठमाडौं– निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने निर्णय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले गरेको छ ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरूको व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा समितिले कर्मचारीको उमेर हदसम्बन्धी दफा पास गरेको हो ।

विधेयकको दफा ५० मा ‘साठी वर्ष उमेर पूरा भएको निजामती कर्मचारीले निजामती सेवाबाट स्वतः अवकाश पाउनेछ’ भन्ने उल्लेख छ ।

हाल कर्मचारीको उमेर हद ५८ वर्ष रहेको छ ।

संसद् सचिवालय सिंहदरवारमा बिहीवार बसेको समितिको बैठकले उमेरहदसम्बन्धी दफा पास गरेको सांसद डिला संग्रौलाले लोकान्तरलाई जानकारी दिइन् ।

‘कर्मचारीको उमेरहद ६० वर्ष बनाउने कुरा पास भयो, अन्य विषयमा छलफल चलिरहेको छ’ संग्रौलाले भनिन् ।
 

salt training

कमेन्ट गर्नुहोस्