
अमेरिकी राजदूत र्यान्डी बेरीले आफ्नो जनकपुर यात्रा अभूतपूर्व रहेको उल्लेख गरेका छन् ।
काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबूकमा स्टाटस राख्दै जानकी मन्दिर र गंगासागरको आरतीको अनुभव अभूतपपूर्व रहेको उल्लेख गरेको छ ।
'राजदूत बेरी र उहाँको टीमलाई प्रदेश २ को सदरमुकाममा गर्नुभएको न्यानो स्वागतको लागि हामी जनकपुर र त्यहाँका बासिन्दाहरूप्रति कृतज्ञ र नतमस्तक छौं । यति सुन्दर शहर, चाहले भरिएको जनजीवन, मिथिला संस्कृति, र समग्रमा सबैथोक अविस्मरणीय रह्यो, विशेषगरी जानकी मन्दिर र गंगासागरको आरतीको अनुभव अभुतपूर्व थियो,' दूतावासले फेसबूकले लेखेको छ ।

तस्वीर : अमेरिकी दूतावासको फेसबूक पेज