२२ असार २०८३, सोमबार

विमलेन्द्र निधि राजीनामा दिने तयारीमा, गोपालमान नयाँ गृहमन्त्री !

कात्तिक २०, २०७४
विमलेन्द्र निधि राजीनामा दिने तयारीमा, गोपालमान नयाँ गृहमन्त्री !

काठमाडौं २५ चैत्र-स्थानीय विकासमन्त्री समेत रहेका उपप्रधानमन्त्री कमल थापालाई प्रधामनन्त्री पछिको दोस्रो वरियता दिने संकेत पाएपछि गृहमन्त्री समेत रहेका अर्का उपप्रधानमन्त्री बिमलेन्द्र निधिले राजीनामा गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री पछिको दोस्रो बरियता नपाए निधिले शनिवार राजीनामा गर्ने उनी निकट स्रोतले बतायो । निधिले राजीनामा दिएमा गोपालमान श्रेष्ठलाई गृहमन्त्रालयको जिम्मेवारी दिने काग्रेस बृत्तमा चर्चा छ । शहरी विकास मन्त्री रहेका अर्जुन नंसिह केसीले पनि गृहमा दावी गरेका छन् ।

दोस्रो वरियता नपाएमा निधिले राजीनामा गर्ने मनस्थिती बनाएको शुक्रवारको अन्नपूर्ण पोष्टमा पनि समाचार छ । वरियता विबादलाई कारण बनाएपछि स्थानीय निर्वाचनमा तराइमा बल प्रयोग हुन सक्ने सम्भावनाका कारण निधि गृह छाडने निश्कर्षमा पुगेको निकटस्थहरु बताउछन् ।

salt training

कमेन्ट गर्नुहोस्