०९ असार २०८३, मंगलबार

मेडिकल कलेजलाई कारबाही गर्न पत्र काट्दै गृह मन्त्रालय

कात्तिक २९, २०७६
मेडिकल कलेजलाई कारबाही गर्न पत्र काट्दै गृह मन्त्रालय

काठमाडौं।  गृह मन्त्रालयले विद्यार्थी ठगेको आरोप लागेका मेडिकल कलेजहरूलाई जिल्ला प्रशासन कार्यालयमार्फत कारबाही प्रक्रिया अघि बढाउने भएको छ । गृहले त्यसका लागि मेडिकल कलेज भएका जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र काट्ने भएको छ । गृहले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रहमा विद्यार्थीको उजुरीमाथि कारबाही प्रक्रिया अघि बढाउन भन्दै सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्र काट्ने भएको हो । सम्भवतः शुक्रबार (आज) पत्र काटिनेछ ।

गृह प्रवक्ता केदारनाथ शर्माले शिक्षा मन्त्रालयले आफूहरूलाई विद्यार्थी ठगी प्रकरणमा कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको बताउँदै सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्ने तयारी थालिएको बताए । राजधानी दैनिकम खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्