१४ असार २०८३, आइतबार

कार्ड भुक्तानीमा भ्याट फिर्ता समस्या

कात्तिक ३०, २०७६
कार्ड भुक्तानीमा भ्याट फिर्ता समस्या

बजेटमा व्यवस्था भएअनुसार कार्डमार्फत हुने भुक्तानीबापत मूल्य अभिवृद्धि कर (भ्याट)को १० प्रतिशत रकम प्रयोगकर्तालाई फिर्ता गर्न नसकिने निष्कर्ष निकालिएको छ । विद्युतीय माध्यमबाट हुने भुक्तानीको आधारमा भ्याट फिर्ता गर्ने सन्दर्भमा आन्तरिक राजस्व विभागले गठन गरेको अध्ययन टोलीले यस्तो निष्कर्ष निकालेको हो ।

कार्ड भुक्तानीका लागि प्रयोग गरिने पोस मेसिनमा प्रयोग हुने सफ्टवेयर अन्तर्राष्ट्रिय मापदण्डको हुने तर त्यस्तो मेसिनबाट बिललाई परिमार्जन गरी पठाउन नसकिने भएकोले तत्कालका लागि यो प्रणाली व्यावहारिक नभएको निष्कर्षको टोलीको छ । अध्ययन टोलीले यही निष्कर्षसहितको प्रतिवेदन तयार गरी अर्थ मन्त्रालयलाई पेस गर्ने प्रक्रियामा छ ।

प्रतिवेदनअनुसार भ्याटको दस प्रतिशत रकमले फिर्ता क्रेडिट कार्ड र प्रिपेड कार्डमा कुन खातामा फिर्ता गर्ने भन्ने समस्या छ । त्यस्तै बिक्रेताको बिलिङ प्रणाली र पोस मेसिनबीच कारोबार हुँदा त्यस्तो कारोबारको एकीकृत प्रणाली नभएकोले बैङ्कमा कारोबारसम्बन्धी विवरण नहुने अर्को व्यावहारिक समस्या प्रतिवेदनले देखाएको छ । पोस मेसिनबाट भुक्तानी गर्दा ग्राहकको खाताबाट रकम घट्ने मात्र प्रणाली प्रचलनमा रहेकाले भ्याट फिर्ताबापतको रकम उक्त मेसिनबाट जम्मा गर्न नसकिने पनि प्रतिवेदनमा उल्लेख छ ।

बिक्रेताले कारोबार गर्दा कुल कारोबार रकम मात्र पोस मेसिनमा राख्न सक्ने तर भ्याट छुट्याउन नसक्ने भएकोले यसबारे बैङ्कलाई पनि जानकारी नहुने समस्या प्रतिवेदनले देखाएको छ । कार्डबाट कारोबार भए पनि सबै कारोबार प्रणाली अन्ततः बैङ्कमै हुने भएकोले यस्तो किसिमको एकीकृत प्रणाली लागू नहुँदासम्म भ्याट फिर्तामा समस्या रहेको उल्लेख छ ।

पोस मेसिन र बिलिङ प्रणालीलाई एकीकृत गर्न बिक्रेताले प्रयोग गरेको बिलिङ प्रणाली कार्ड सेवा प्रदायकले दिएको मापदण्डबमोजिम हुनुपर्ने तर अहिले अहिलेको प्रयोग बिलिङ प्रणाली सो मापदण्डअनुसार नभएको अर्को समस्या प्रतिवेदनले उजागर गरेको छ । यसरी पोस मेसिन र बिलिङ प्रणाली एकीकृत गर्न नसक्दा बिक्रेताले खरिदकर्ताको बैङ्क खाता छुट्टै प्रविष्ट गर्नुपर्ने र भ्याटसमेत छुट्याएर बैङ्कमार्फत नै जम्मा गरिदिनुपर्ने अवस्था आउने जनाइएको छ । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्