
काठमाडौं, २५ चैत - विदेशी नम्बरबाट लगातार मिस्डकल आइरहेको छ । आगाडि +२१६ लगायत नम्बरबाट निरन्तर मिस्डकल आइरहेको छ भने ख्याल गर्नुहोस है । कतिपयले त त्यही नम्बरमा कल ब्याक समेत गरेका छन् । त्यसो गर्दा उनीहरुको पैसा काटिएको छ ।
नेपाल टेलिकमले यस्ता प्रकारका नम्बरमा कल ब्याक गर्दा भएभरको पैसा काटिन सक्ने भन्दै सजगता अपनाउन अनुरोध गर्दै सूचना जारी गरेको छ । नेपाल टेलिकमले एक विज्ञप्ती जारी गर्दै यो ठगी धन्दा भएको र त्यसबाट साबधान रहर प्रयोग कर्ताहरुलाई अनुरोध गरेको छ । साथै यो विषयमा अध्ययन समेत भइरहेको टेलिकमले जनाएको छ । एनसेलले पनि कल ब्याक नगर्न अनुरोध गरेको छ ।

अन्तराष्ट्रि नम्बरबाट निरन्तर मिस्डकल हानेर कल ब्याक गर्न उत्प्रेरीत गर्ने गतिविधीहरु भइरहेकोले ती नम्बरमा कलब्याक नगर्न टेलिकम कम्पनीहरुले अनुरोध गरेका छन् । कलब्याक गर्दा धेरै व्यालेन्स सकिने समेत कम्पनीहरुले जनाएका छन् । साथै विदेशी नम्बरबाट फोन आउँदा चिनेको नम्बर हो कि होइन एकिन गर्न समे कम्पनीहरुले अनुरोध गरेका छन् ।