३० असार २०८३, मंगलबार

हटाउने भनिएका मन्त्रीहरू नै भन्छन् : ‘हामी निरन्तरता पाउनेमा ढुक्क छौं'

मंसिर १, २०७६
हटाउने भनिएका मन्त्रीहरू नै भन्छन् : ‘हामी निरन्तरता पाउनेमा ढुक्क छौं'

मन्त्रिपरिषद् पुनर्गठन हुने समाचार अझै पुष्टि हुनसकेन।

प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउने भनिएका मन्त्रीहरूले नै ‘हामी निरन्तरता पाउनेमा ढुक्क छौं’ भनेपछि ‘पुनर्गठन’ अझ रहस्यमय बनेको छ।

एक सातादेखि प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने चर्चा शुरू भए पनि त्यो कार्यान्वयनको तहसम्म पुगेको छैन। नेकपा नेतृत्वको सरकार गठन भएको डेढ वर्ष पुग्दासमेत जनअपेक्षाअनुसार मन्त्रीहरूले कार्य सम्पादन गर्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अघि बढाउनु भए पनि त्यसलाई कार्यान्वयन भने गरेका छैनन्।

यसले गर्दा सरकारको काममा अन्योल र आलस्यता बढेको टिप्पणी गर्न थालिएको छ। प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतासँग पुनर्गठनलाई लिएर अनौपचारिक परामर्श गरिसकेका छन् । मन्त्री परिवर्तनको चर्चासँगै केही बहालवाला मन्त्रीहरू भने तनाबमा परेका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ हटाइने भनिएकामध्ये एक हुन्। तर, उनले मन्त्रीमण्डल पुनर्गठन हुने हल्ला मात्र भएको बताए। उनले भने, ‘मन्त्रीमण्डल पुनर्गठन गर्ने सबै हल्ला हो, मैले हल्लाकै रूपमा मात्र बुझेको छु, अहिलेसम्म सरकारबाट बाहिरिनुपर्ने संकेत पाएको छैन।’

सत्तारूढ दल नेकपाका शीर्ष नेताहरूले नै मन्त्रीमण्डल पुनर्गठनको तयारीमा प्रधानमन्त्री ओली रहेको अभिव्यक्ति दिँदै आएका छन्। तर, स्वयं प्रधानमन्त्री ओलीले भने बहालवाला मन्त्रीहरूलाई मन्त्रीमण्डल पुनर्गठन हुने कुनै संकेत गरेका छैनन् । नेपाल समाचारपत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्