२३ असार २०८३, मंगलबार

निर्वाचन आयोगको चेतावनी - आचारसंहिता पालना नभए अनुगमन समितिले कारवाही गर्ने

निर्वाचन आयोगको चेतावनी - आचारसंहिता पालना नभए अनुगमन समितिले कारवाही गर्ने

मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले लागू गरेको आचार संहिता पूर्णरुपमा पालना गर्न गराउन आग्रह गरेको छ ।

आइतवार एक विज्ञप्ति जारी गर्दै आयोगले निर्वाचन आचार संहिताको पालना नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सार्वजनिक संस्था, राजनीतिक दल, सम्बन्धित व्यक्ति, उम्मेदवार, आमसंचार माध्यम, निजी तथा गैर सरकारी संस्था तथा पर्यवेक्षक र उपनिर्वाचन हुने स्थानका कर्मचारीसमेतले गर्नुपर्ने बताएको हो ।

विज्ञप्तिमार्फत आयोगले उपनिर्वाचन हुने स्थानहरूमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा सार्वजनिक संस्थाले वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएकाबाहेक नयाँ नीति, योजना, तथा कार्यक्रम गर्न नपाउने बताएको छ ।

त्यस्ता कार्यक्रमहरू घोषणा, स्वीकृति, उद्घाटन, सर्वेक्षण वा अनुगमन पनि निर्वाचन आयोगले जारी गरको निर्वाचन आचारसंहिताविपरित हुने आयोगको जिकिर छ ।

'यदि कसैले आचारसंहिता विपरित काम गरेको पाइएमा प्रत्येक जिल्लामा उजुरीको सुनुवाई तथा अनुगमनका लागि मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा रहेको आचार संहिता अनुगमन समितिले कारवाही अघि बढाउने छ,' आयोगको विज्ञप्तिमा उल्लेख छ ।

गत कात्तिक ८ गते नै आचारसंहिता शुरू भएको जानकारी गराउँदै आयोगले राजनीतिक दलहरूले आचारसंहिताका बुँदाहरू अक्षरसः पालना गर्न प्रतिबद्धतापत्रमा हस्ताक्षर गरिसकेको स्मरण गराएको छ ।

salt training

कमेन्ट गर्नुहोस्