१० असार २०८३, बुधबार

जेट फाइटर चालकहरूसँग किम जोङ–उनले खिचाए तस्वीर

जेट फाइटर चालकहरूसँग किम जोङ–उनले खिचाए तस्वीर

उत्तर कोरियाका नेता किम जोङ–उनले आइतवार सैन्य विमानको उडान प्रदर्शनमा सहभागी भएर युद्धविमान चालकहरूलाई हतियारले सुसज्जित शत्रुहरूको सामना गर्नका लागि उम्दा अवधारणा र रणनीति ल्याउन निर्देशन दिएका छन् ।

प्योङयाङको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीले युद्धविमानका चालकहरूले अपराजेय शक्ति देखाएको भन्दै सन्तुष्टि व्यक्त गरेका छन् भनी लेख्यो । त्यसक्रममा किमले वाशिङटन वा सउलका विषयमा गरेको टिप्पणीलाई केसीएनएले उल्लेख गरेन । 

‘शत्रुहरूले आफ्नो प्राविधिक सर्वोच्चताको घमण्ड गर्न सक्छन् तर उनीहरूले हाम्रा सैनिकहरूको राजनीतिक तथा विचारधारात्मक अनि युद्धपरक तथा नैतिक सर्वोच्चतालाई टप्न सक्दैनन् भनी उहाँले जोड दिनुभयो,’ केसीएनए लेख्छ । 

वोन्सान काल्मा विमानस्थलमा गरिएको हवाई प्रदर्शनमा तैनाथ गरिएका विमानको विस्तृत विवरण रिपोर्टमा उल्लेख गरिएको छैन । किमको आधिकारिक विमान चाम्माए–१ अन्य सैन्य विमानको सुरक्षाका साथ हवाईमैदानमाथि उडेको उसले लेख्यो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्