२० असार २०८३, शनिबार

सचिनको भावुक ट्वीट - स्वास्थ्यमा समस्या हुँदा पनि मलाई भेट दिनुभयो, तपाईंलाई चाँडो निको होस्

सचिनको भावुक ट्वीट - स्वास्थ्यमा समस्या हुँदा पनि मलाई भेट दिनुभयो, तपाईंलाई चाँडो निको होस्

चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकरले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या हुँदा हुँदै पनि भेट हुन पाएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन् ।

नेपालको दुई दिने भ्रमणमा आएका तेन्दुलकरले आइतवार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए । साँझ सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै तेन्दुलकरले प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको शुभकामनासमेत दिएका छन् ।

‘श्री ओलीजी, म तपाईलाई चाँडो निको होस् भन्ने चाहन्छु,’ उनले ट्वीट गर्दै लेखेका छन्, ‘नेपालको न्यायो मायाले मलाई छोएको अनुभव गरेको छु ।’

salt training

कमेन्ट गर्नुहोस्