१३ असार २०८३, शनिबार

प्रहरीमाथि आलमको धम्की : एसपी र डीएसपीलाई हत्कडी लगाउँछु

मंसिर २, २०७६
प्रहरीमाथि आलमको धम्की : एसपी र डीएसपीलाई हत्कडी लगाउँछु

बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका पूर्वमन्त्री तथा रौतहट–२ का कांग्रेस सांसद मोहम्मद आफताब आलमले प्रहरीकै सामुन्ने ‘मान्छे मार्ने’ धम्की दिएको खुलेको छ । आलमले प्रहरीलाई नै हत्कडी लगाइदिने र हजारौं मानिस उपस्थित गराएर जिल्ला अशान्त बनाउनेसमेत धम्की दिएका छन् । 

कान्तिपुरलाई प्राप्त २ मिनेट २४ सेकेन्ड लामो अडियो/भिडियोमा आलमले ‘अब जिल्लामा आगो लाग्छ, एसपी र डीएसपीलाई हत्कडी लगाउँछु, जिल्लाभर अशान्ति हुन्छ’ भन्दै उनले धम्क्याएको देखिन्छ । उनको यो धम्कीका कारण प्रहरीले पीडित, घटनाका साक्षी, न्यायाधीश र सरकारी वकिलको सुरक्षामा विशेष व्यवस्था गरेको छ ।

असोज २६ गते पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा लैजाने क्रममा प्रहरीसँग भनाभन भएको हो । डीएसपी नवीन कार्कीको नेतृत्वमा खटिएको टोलीले राजपुरको ‘इद्रिस गेट’ नजिकैबाट उनलाई पक्राउ गरेको थियो । त्यतिबेला ‘डीएसपी साब, जरुरी काम छ, अहिले म वारात (जन्ती) जान्छु, यस विषयमा पछि कुरा गरौंला’ भन्दै उनी उम्किन खोजेका थिए । त्यसपछि ‘आफूलाई पक्राउ गरेर ठूलो गल्ती गरेको’ भन्दै डीएसपी कार्की र रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीलाई आफू छुटेपछि हत्कडी लगाइदिने धम्की उनले दिएका हुन् ।

आलमको धम्की र पक्राउपछि उत्पन्न हुन सक्ने परिस्थितिलाई आकलन गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो । जिल्ला न्यायाधीश दीपक ढकाल र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटवालको सुरक्षामा प्रहरी ‘अंगरक्षक’ तैनाथ गरिएको छ । आलमको धम्कीपूर्ण भिडियो ढकाल र कटवालले पनि हेरेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्