काठमाडौं,२५ चैत्र– ललितपुरको सदर चिडियाघरले वन्यजन्तु तथा चराचुङगीको अवलोकनका साथसाथै साना बालबालिकालाई लक्षित गरी विभिन्न खेल सामाग्रीहरु थपिँदै लगेको छ ।
चिडियाघरमा विशेष आकर्षणको रुपमा पोखरीमा डुङ्गा चलाउनु हो । साथै हात्ती सवार पनि एक आकर्षक सफारी हो । हात्ती सवार गर्दा ७ हजार ५ सय पर्दछ । घण्टाको बालबालिका खेल्नका लागि विद्युतीय रेल, सानो हेलिकप्टर लगायतका खेल सामाग्रीहरु चिडियाघरले थपेको छ ।