काठमाडौं, २५ चैत – समीक्षक तथा सञ्चारकर्मी दीपेन्द्र लामाले यतिबेला आफ्नो चलचित्रको प्रचारमा लागेका छन् । यसैबीच चलचित्र ‘घामपानी’ को गीत सार्वजनिक गरिएको छ ।

ल्यासो फ्याफुल्ला ‘आपालाई मेरो’ गीतमा दयाहाङ राई र केकी अधिकारीको जोडी देख्न सकिन्छ । सिन्धुलीमा छायांकन गरिएको गीतलाई प्रेम लोप्चनले कोरियोग्राफी गरेका छन् ।
दया र केकीका अतिरिक्त बुद्धि तामाङ, कविता आले मगर, पुष्कर गुरुङ लगायतका कलाकारले चलचित्रमा अभिनय गरेका छन् ।
अन्तर्जातीय प्रेमकथामा आधारित चलचित्रको केही समयअघि टेलर सार्वजनिक गरिएको थियो ।