२४ असार २०८३, बुधबार

निर्वाचनमा बालबालिकालाई प्रयोग नगर्न अपिल

कात्तिक २०, २०७४
निर्वाचनमा बालबालिकालाई प्रयोग नगर्न अपिल

काठमाडौं, २५ चैत –स्थानीय तहको निर्वाचनको कुनै पनि गतिविधिमा बालबालिकालाई प्रयोग नगर्न केन्द्रीय बालकल्याण समितिले ध्यानाकर्षण गराएको छ ।

निर्वाचनसँग सम्बन्धित गतिविधिले बालबालिका जोखिम पर्ने भन्दै समितिले यस्तो कार्यमा संलग्न नगराउन आग्रह गरेको हो ।

समितिले निर्वाचनसँग सम्बन्धित प्रचारप्रसार लगायतका कार्यमा बालबालिकालाई प्रयोग नगर्न, विद्यालय क्षेत्रभित्र आमसभा, माइकिङ लगायतका गतिविधिमा संलग्न नगर्न÷नगराउन सबै राजनीतिक दललाई आग्रह गरेको छ ।

त्यस्तै शैक्षिक संस्थाको भित्ता वा पर्खालमा पोस्टर नटाँस्न, भित्ते लेखन नगर्न, विजय जुलुसमा बालबालिकालाई सहभागी नगराउन अपिल गरेको समितिका कार्यकारी निर्देशक तारक धितालले जानकारी दिए ।
अधिकांश राजनैतिक दलले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाए पनि केही ठाउँका विद्यालयमा राजनीतिक सभा भएको देखिएकाले यस्तो नगर्न विज्ञप्तीमा उल्लेख छ ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा पनि निर्वाचन प्रचार प्रसार,आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने उल्लेख गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्