
काठमाडौं– उपत्यकामा सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागि सञ्चालन भएका ट्रायल सेन्टरबाट ३ जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलवार महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरको ट्रायल सेन्टर, सुकेधारा ट्रायल सेन्टर र एकान्तकुना ट्रायल सेन्टरबाट १÷१ जना गरि ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
भक्तपुरको ट्रायल सेन्टरमा गुल्मी अमरपुरी ७ का थमन बस्नेतको मोटरसाइकलको ट्रायल परिक्षा दिन आएका अमरपुर ७ कै २७ बर्षका रेशम बस्नेत पक्राउ गरेका महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यस्तै रामेछाप हिलेदेवी ९ का रमेश थापाको ट्रायल परिक्षा दिन आएका पर्सा ठोरीका १९बर्षका सुमन भन्ने जयराम श्रेष्ठले सुकेधारा ट्रायल सेन्टरबाट प्रहरी पक्राउ गरेको हो ।
एकान्तकुना ट्रायल सेन्टरबाट लम्जुङ सिमपानी १ का चन्द्रबहादुर गुरुङको मोटरसाइकलको ट्रायल परिक्षा दिन आएका कैलालीका २६ बर्षीया कर्णबहादुर विकलाई प्रहरीले पक्राउ गरेको महाशाखाले जनाएको छ ।