२२ असार २०८३, सोमबार

प्रेमीको हत्या, बाबुले नै गरे छोरीसँग विवाह

मंसिर ४, २०७६
प्रेमीको हत्या, बाबुले नै गरे छोरीसँग विवाह

एक ५५ वर्षिय बाबुले आफ्नो छोरीको प्रेमीको हत्या गरी छोरीसँगै विवाह गरेका छन् ।

यो घटना अमेरिकाको वेस्ट भर्जिनियाको हो । छोरीको प्रेमीको हत्याको ३ हप्तापछि बाबुले आफ्नै छोरीसँग विवाह गरेका हुन् ।

त्यहाँको अदालतमा सुनुवाईको क्रममा घटना सार्वजनिक भएको हो ।

डेली मेलको अनुसार, बाबु लैरी पोल मैकक्लूरमाथि फस्र्ट डिग्री मर्डरको आरोप लागेको छ ।

घटना घट्नुभन्दा पहिले ३८ वर्षिय टोमस मैकक्लूर र लैरीकी ३१ वर्षिया छोरी अमन्डा प्रेममा थिए ।

प्रेमीको हत्या गरेको आरोप अमन्डा र उनकी बहिनीमाथि पनि लागेको छ । बाबु र उनकी २ छोरीलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ । यो घटना फेब्रुअरी २०१९ को हो । 

स्थानीय प्रहरीका अनुसार, प्रेमीको हत्यापछि बाबु छोरीले विवाह गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्