
रुसको पेन्जा शरहमा कारमा गइरहेका दुई पुरुषको तातो पानी भएको खाल्डोमा डुब्दा मृत्यु भएको छ ।
उनीहरूको गाडी उम्लिएको पानीमा पसेर उनीहरू त्यहीँ फसेपछि तत्कालै मरेका थिए ।
उनीहरूको शरीरलाई खाल्डोबाट निकालेको तस्वीर विचलित गराउने किसिमको छ ।
कार पार्कमुनि तातो पानीको पाइप फुटेपछि यो दुर्घटना भएको मानिएको छ ।
रुसमा तातो पानीलाई पाइपमा राखेर मानिस बस्ने भवनहरूमा पठाइने गरेको छ । कठोर जाडोमा घर न्यानो राख्न तातो पानी पठाइने गरेको हो ।
‘कस्तो खतरनाक तरिकाले मारिएका ? एक समयमा तपाईं कार हाँकिरहनुभएको छ अनि लगत्तै तपाईं भुइँमुनिको तातो पानीमा डुबेको भेटिनुहुन्छ,’ एक महिलाले भनिन् ।
मृत्यु भएका पुरुषहरूको नाम दिइएको छैन ।
भुइँ भासिएर खाल्डो बन्दा कार त्यसमा खसेको विपत व्यवस्थापन मन्त्रालयले जनाएको छ ।
एजेन्सी