३० असार २०८३, मंगलबार

वडाध्यक्ष चन्दको शंकास्पद मृत्यु

वडाध्यक्ष चन्दको शंकास्पद मृत्यु

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का वडाध्यक्ष ५८ वर्षीय राजबहादुर चन्दको बुधवार बिहान निधन भएको छ ।

अध्यक्ष चन्द घर नजिकै कँडेधारमा मृतावस्थामा भेटिएका वडा नम्बर ४ का कार्यालय सहयोगी प्रेमबहादुर चन्दले जानकारी दिए ।

मंगलवार राति कैलपाल मन्दिर धुराजातमा सहभागी भएका वडाध्यक्ष चन्द बुधवार बिहान शंकास्पद रुपमा मृत फेला परेका हुन् ।

प्रहरीको टोली घटनास्थल पुगेको र घटनाको थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किशन चन्दले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्