
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यकारी अध्यक्ष बनेकोमा पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बधाई दिएका छन् । यादवले फेसबूक पेजमार्फत प्रचण्डलाई बधाई दिएका हुन् ।
'नेपाल कम्युनिस्ट पार्टीको कार्यकारी अध्यक्ष हुनुभएकोमा अध्यक्ष कमरेड प्रचण्डलाई बधाई तथा शुभकामना,' यादवको फेसबूक पेजमा लेखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् । हेरफेरका क्रममा मन्त्रीबाट हट्नेको सूचीमा मातृका यादवको नाम पनि रहेको चर्चा छ ।
हेर्नुहोस्, मातृकाको स्टाटस :