२३ असार २०८३, मंगलबार

मन्त्री नपाएपछि प्रभू साहको ‘यूटर्न’ : प्रचण्डलाई बधाई दिएको भोलिपल्टै लेनदेनको गम्भीर आरोप

मन्त्री नपाएपछि प्रभू साहको ‘यूटर्न’ : प्रचण्डलाई बधाई दिएको भोलिपल्टै लेनदेनको गम्भीर आरोप

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ नम्बर प्रदेशका अध्यक्ष प्रभू साहको नाम समेत नयाँ मन्त्री हुने व्यक्तिको चर्चामा थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने चर्चासँगै प्रदेश २ बाट प्रभू साह समेत चर्चामा थिए । 

बुधवार दिउँसो नेकपा सचिवालय बैठकले पूर्व माओवादी पृष्ठभूमिका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी अधिकार दिएपछि साहले सामाजिक सञ्जाल फेसबूकमार्फत बधाई समेत दिए ।

साहले फेसबूकमा लेखे, ‘नेकपाका सचिवालय बैठकबाट कार्यकारी अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसहमत रुपमा चयन हुनुभएकोमा क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ जीलाई हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’

मन्त्री बन्ने चर्चामा रहेका पूर्व माओवादी पृष्ठभूमिका साह पूर्व माओवादी कोटाबाट मन्त्री बन्नुपर्ने थियो । तर बुधवार राति सार्वजनिक भएको मन्त्रिपरिषद् पुनर्गठनको विस्तृत विवरणमा साहको नाम परेन । 

२ नम्बर प्रदेशबाट रामेश्वर राय श्रम तथा रोजगार मन्त्री बने । साह मन्त्री बन्न पाएनन् । त्यसपछि साह असन्तुष्ट बने । उनले बिहीवार बिहान फेसबूकमा सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनिएपनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो । मन्त्री हटाउँदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखिएन । योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान् कार्यले हामी फेरि एकचोटी लज्जित भएका छौं ।’

एक दिनअघि नेतृत्वलाई बधाई दिएका साहले अर्काेदिन 'अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको महान् कार्य' भनेर व्यंग्य गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्