
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार नियुक्त गरेका ६ मन्त्री र ३ राज्यमन्त्रीले बिहीवार बिहान शीतल निवासमा आयोजित विशेष समारोहका बीच शपथ लिएका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।
तीन राज्यमन्त्री उद्योगका मोतिलाल दुगड, स्वास्थ्यका नवराज रावत र शहरी विकासका रामवीर मानन्धरले पनि राष्ट्रपतिको उस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट शपथ लिएका छन् ।
शपथ ग्रहण समारोहमा राष्ट्रपति र प्रधानमन्त्रीका अलावा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फेसहित अतिविशिष्ट तथा विशिष्ट पाहुनाहरूको उपस्थिति रहेको थियो ।