
कैलालीमा नक्कली प्रहरी बनेर फिरौती माग गरेको अभियोगमा ४ जनालाई पक्राउ गरिएको छ ।
धनगढी उपमहानगरपालिका–८ का अनिलचन्द, प्रदिप गिरी, सन्दिप श्रीबास्तव र भक्तराज जोशीलाई नक्कली प्रहरी बनेर फिरौती माग गरिरहेको अवस्थामा २ दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बिहीवार जनाएको छ ।
राति धनगढीतर्फ जाँदै गरेका अरुण चौधरी र लक्ष्मण चौधरीलाई बाटोमा रोकेर ‘हामी प्रहरी हौं तिमीहरूसँग लागूऔषध ब्राउन सुगर छ’ भनी डराइधम्काइ अपहरण गरी कुटपिट गर्नुका साथै १ लाख रुपैयाँ नदिएमा लागूऔषध मुद्दा चलाइदिन्छौं भनी फिरौती माग गरिएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।
पीडित अरुण चौधरी उनीहरूको नियन्त्रणबाट भाग्न सफल भई प्रहरीलाई जानकारी गरेपछि गएको प्रहरी टोलीले ती अभियुक्तलाई नियन्त्रणमा लिएको छ ।