२१ असार २०८३, आइतबार

अमेरिका–रसिया सम्बन्ध बिग्रियो : पुटिन

कात्तिक २०, २०७४
अमेरिका–रसिया सम्बन्ध बिग्रियो : पुटिन
मस्को, २६ चैत- रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियाविरुद्धको कारबाहीले अन्तर्राष्ट्रिय कानुन उल्लंघन हुनुका साथै रसिया र अमेरिकाबीचको सम्बन्धसमेत बिग्रिएको बताएका छन् । अमेरिकी आक्रमण सार्वभौम देशविरुद्धको हमला भएको पुटिनका प्रवक्ता डिमित्री पेस्कोभले भत्र्सना गरेका छन्, नयाँ पत्रिकामा खबर छ ।

राष्ट्रसंघका लागि रसियाली दूतले अमेरिकाले विगतमा इराक र लिबियामा गरिएका सैनिक कारबाहीका परिणामबारे सोच्न सुझाब दिएका छन् ।
अमेरिकी आक्रमणले अतिवादविरुद्धको लडाइँलाई अवमूल्यन गरेको क्रेमलिनले प्रतिक्रिया दिएको छ । ‘अमेरिकी हमला राष्ट्रसंघअन्तर्गतका मुलुकहरूविरुद्ध अमेरिकी आक्रोश हो,’ क्रेमलिनका एक अधिकारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्