काठमाडौं, २६ चैत – डिआइजी प्रकाशचन्द्र अर्याललाई नेपाल प्रहरीको मानिरीक्षक (आइजिपी) बनाउन सत्तासिन घटकबीच सहमति भएको छ ।

सत्तारुढ माओवादी केन्द्र नेपाली कांग्रेस र राप्रपाका प्रमुख नेताबीच अर्याललाई आइजिपी बनाउने सहमति भएको हो ।
स्रोतका अनुसार आइजिपी चयनको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल, शेरबहादुर देउवा र कमल थापाबीच तीन दिनअघि भएको छलफलमा अर्यालको नाममा सहमति बनेको हो, आजको नागरिकमा खबर छ ।