२२ असार २०८३, सोमबार

सत्तारोहणका लागि हतारिँदै देउवा

कात्तिक २०, २०७४
सत्तारोहणका लागि हतारिँदै देउवा
काठमाडौं, २६ चैत- एकै चरणमा निर्वाचन गर्नुपर्ने पूर्व अडानबाट पछि हट्दै कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा भने, ‘मधेसी मोर्चा निर्वाचनमा आउने सहमति गर्छ भने दुई चरणमा चुनाव गर्न सकिन्छ।’Sher-Bahadur-Deuba
कान्तिपुर खबर लेख्छ-बैठकमा उनी अघि बोल्ने २८ सांसदमध्ये २० भन्दा बढीले एकै चरणमा निर्वाचन गर्न दबाव दिएका थिए। तर, देउवाले त्यसलाई वेवास्ता गर्दै दुई चरणमा निर्वाचन गर्ने सन्देश दिए।
एकै चरणमा निर्वाचनका लागि दबाव दिदै आएका देउवा आखिर किन फेरिए त? देउवा निकट एक केन्द्रीय सदस्य भन्छन्, ‘पहिलो त मधेसी मोर्चा आउँदा निर्वाचन सहज हुन्छ भन्ने नै हो, सँगै सत्तारोहणका लागि पनि कतैबाट बाधा नपरोस् भन्ने हो।’
कांग्रेस र माओवादी गठबन्धन निर्माण गर्दा नै चैत मसान्तसम्म पुष्पकमल दाहाल र त्यसपछि देउवाले सत्ताको नेतृत्व लिने समझदारी गरिएको थियो। समझदारीअनुसार सत्तारोहणमा ढिला भएका कारण देउवाको छटपटाहट सुरु भएको बुझेरै बुधबारको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘संविधान कार्यन्वयन र निर्वाचनलाई सत्तासँग नजोडौं।’

salt training

कमेन्ट गर्नुहोस्