
बैंक तथा वित्तीय संस्थामा रहेका सर्वसाधारणको गोप्य विवरण चोरी गरेर रकम झिकेको भेटिएपछि प्रहरीले १९ वटा बैंक/फाइनान्सका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र कर्मचारीमाथि अनुसन्धान सुरु गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले तीन विकास बैंक, तीन फाइनान्स र १३ वटा वाणिज्य बैंकका सञ्चालक तथा कर्मचारीमाथि अनुसन्धान थालेको हो ।
यी हुन् अनुसन्धानमा परेका बैंक/फाइनान्स
– सेञ्चुरी बैंक
– आईसीएफसी फाइनान्स
– लक्ष्मी बैंक
– मञ्जुश्री फाइनान्स
– ज्योति विकास बैंक
– सिद्धार्थ बैंक
– सानिमा बैंक
– जनता बैंक
– एनआईसी एसिया बैंक
– सिभिल बैंक
– बैंक अफ काठमान्डु
– गोर्खाज फाइनान्स
– कैलाश विकास बैंक
– युनाइटेड फाइनान्स
– एनसीसी बैंक
– एभरेस्ट बैंक
– प्रभु बैंक
– माछापुच्छ्रे बैंक
– मुक्तिनाथ विकास बैंक कान्तिपुर दैनिकमा खबर छ ।